मनसुन निस्क्रिय हुँदा गर्मी बढ्यो, एक/दुई दिनमै वर्षा हुन्छः मौसमविद्

काठमाडौँ- मौसमविद्हरूले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । उनीहरूले केही दिन यता मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन् ।
मंगलबार जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूती पोखरेलले हाल देशको विभिन्न भागहरूमा तापक्रम बढी अत्याधिक गर्मी हुनु स्वभाविक रहेको बताइन् । मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उनको भनाइ छ । उनले मनसुन न्यून चापीय रेखा एक, दुई दिन भित्रमै माथि आउने र वर्षा हुन सुरू हुनासाथ गर्मी हटेर जाने बताइन् ।
पोखरेलले केही दिन भित्रमै मनसुन सक्रिय भएर वर्षा हुने जिकिर गरिन् । मौसमविद्हरूका अनुसार हाल मनसुन सामान्य स्थितिमा रहेकाले वर्षा हुन सकेकाे छैन । उनले एक, दुई दिन भित्रमै मनसुन ट्रफ बिस्तारै माथि सर्ने सम्भावना रहेको र त्यसपछि देशको धेरैजसो स्थानमा वर्षा हुने उल्लेख गरिन् ।
मौसमविद् पोखरेलले प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताइन् । त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको उनले जानकारी दिइन् ।
यस्तै उनले मनसुनको समयमा बाढी, पहिरोका कारण धनजनको क्षति हुनसक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले दिने गरेको सूचनाहरूलाई ध्यान दिन आग्रह गरिन् ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया