‘प्रकाश’ ट्रेलर : सरकारी शिक्षक बन्न प्रदीपको संघर्ष

काठमाडौँ - सशस्त्र युद्धको पृष्ठभूमिमा बनेको अर्को फिल्मको ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको ‘प्रकाश’को ट्रेलरले पनि माओवादी द्वन्द्वलाई पृष्ठभूमिमा राखेर सरकारी शिक्षक बन्न संघर्ष गर्ने कथा प्रस्तुत गरेको छ । फिल्मको शीर्ष चरित्र प्रदीप खड्काले निर्वाह गरेका छन् ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै प्रदीपले यो फिल्ममा आफूले हिँडिरहेको बाटोभन्दा फरक बाटो हिँड्ने प्रयास गरेको बताए ।‘मैले पहिले गरेको भन्दा भिन्न भूमिका गरेको छ । सुरु सुरुमा यसका परिणामलाई लिएर अलि दुविधा थियो । तर पोस्टर र टिजरमा पाएको मायाले भोलि परिणाम जेसुकै भए पनि आज चाहिँ सुन्तुष्ट छु,’ प्रदीपले भने । उनले फिल्मको तयारीका लागि अनुप बरालका अभिनय र शारीरिक हाउभाउका कुरा सिकेकोदेखि जुम्लाको चरित्रमा डुब्न खाली खुट्टा हिँडेकोसम्म अनुभव सुनाएका थिए ।
प्रदीपको भनाइमा समर्थन जनाउँदै निर्देशक दिनेश राउतले प्रदीपले फिल्ममा प्रशस्त मेहनत गरेको बताउँदै फिल्मले कर्णालीको जनजीवनलाई रसिलो गरी प्रस्तुत गर्ने प्रयास गरेको बताए । उनले प्रदीपको पूर्व छविलाई लिएर सुरुमा आशंका भए पनि प्रदीपले सुटिङअघि नै गरेको मेहनतले ढुक्क बनाएको बताएका थिए ।
भदौ १० मा सार्वजनिक हुने फिल्ममा दिया मास्के र रेनु योगी पनि मुख्य भूमिकामा छन् । दिया मास्केले ‘प्रकाश’मा आफूले निर्वाह गरेको चरित्र अहिलेसम्मकै गाह्रो चरित्र भएको बताउँदै निर्देशक राउतको प्रशंसा गरेकी थिइन् । थिएटरको पृष्ठभूमिबाट आएकी रेनुको यो पहिलो फिल्म हो । फिल्ममा उनले प्रदीपको जोडी भएर अभिनय गरेकी छिन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया