अल्लु अर्जुन अभीनित ‘पुष्पा’को तेस्रो भाग पनि बन्ने

मुम्बई - अल्लु अर्जुन र फहाद फासिलको मुख्य भूमिका रहेको ‘पुष्पा’को तेस्रो भाग पनि बन्ने भएको छ । फिल्मको दोस्रो भाग सुटिङको मुखमा फहादले निर्देशक सुकुमारले आफूलाई तेस्रो भागका लागि पनि तयार रहन निर्देशन दिएको र यसका लागि निर्देशकसँग प्रशस्त सामाग्री रहेको बताएका छन् ।
अर्को कुनै फिल्मको प्रचारमा रहेका फहादले सुरुमा यो फिल्म एक भागमा मात्र बन्ने तयारीमा रहेको तर कथा सुन्दै जाँदा दोस्रो भागका लागि कथा निस्किएको देखेपछि दुई भागमा बन्न लागेको कथा सुनाएका थिए । तर पछिल्लो भेटमा भने निर्देशकले तेस्रो भागका लागि पनि तयार रहन भनेकाले तेस्रो भाग पनि बन्ने बताएका थिए ।
रक्त चन्दन तस्करीको कथामा बनेको फिल्ममा फहादले प्रहरीअधिकृतको भूमिका निर्वाह गरेका छन् । गत वर्षको डिसेम्बरमा रिलिज भएको फिल्मले ब्लकबस्टर व्यापार गरेको थियो । तेलगुमा बनेको फिल्मको हिन्दी डबले मात्र सय करोडमाथि व्यापार गरेको थियो । फिल्ममा रश्मिका मन्दानाको पनि मुख्य भूमिका रहेको थियो ।यो फिल्मको दोस्रो भागको केही दिनपछि नै सुटिङ सुरु हुँदैछ । फिल्मका लागि अल्लु अर्जुनले मात्र ८५ करोड पारिश्रमिक लिएको समाचार आएका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया