न्यायपालिकाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रकाश रसाईलीले न्यायपालिकामा विकृति बढेको भन्दै त्यसको छानविन गर्न माग गरेका छन् । संसदको शुन्य समयमा बोल्दै सांसद रसाईलीले उच्च स्तरीय छानविन आयोग गठन गरेर न्यायपालिकाको विकृति नियन्त्रण गर्न माग गरेका हुन् ।
‘देवानी, फौजदारी मुद्दामा न्याय पाउन सर्वसाधारणले ३० वर्षसम्म धाउनुपर्छ, न्यायमूर्तिहरुले समयमा न्याय दिन सकिरहेका छैनन,’ रसाईलीले संसदमा भने, ‘करिव २ सय न्यायाधीशलाई न्यायपरिषदले छानविनको दायरमा ल्याएको छ, त्यसैले न्यायपालिका भित्रको विकृति अन्त्य गर्न उच्चस्तरीय छानविन आयोग गठन गरेर अघि बढनु पर्छ ।’ सरकारले छानविन आयोग गठन गरेर जनतालाई बेलैमा न्याय दिन ढिलाई गर्न नहुने उनको भनाई छ ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया