शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

ग्वार्कोमा 'बिग डिजिटल' स्टोरको शुभारम्भ

काठमाडौँ - इलेक्ट्रोनिक्स सामान बेच्दै आएको बिग डिजिटलले ललितपुरको ग्वार्कोमा आफ्नो नयाँ स्टोर उद्घाटन गरेको छ । बुधवार एक कार्यक्रमबीच अभिनेत्री स्वस्तिमा खड्काले सो स्टोरको उद्घाटन गरेकी हुन् । 

उद्घाटन समारोहमा बोल्दै खड्काले बिग डिजिटलले उच्चस्तरीय उत्पादनहरु ग्राहकलाई पस्कँदै प्रगतिको शिखरहरू आरोहण गदै जाओस् भन्ने शुभकामना व्यक्त गरिन् । हरेक इलेक्ट्रोनिक्स सामान एकै छाना मुनि उपलब्ध गराउँदा ग्राहकहरूलाई सजिलो हुने भन्दै उनले आफू पनि कुनै दिन सामान खरिद गर्न आउने बताइन् । 
त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको बताए ।  उनले भने - 'नेपाली ग्राहकहरुको बदलिँदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ क्षेत्रमा नै नयाँ मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौ।,"

यस सपिङ स्टोरमा ९० भन्दा बढी असर अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, नि र वाट्यवादन लगायतका उत्पादन लगायतका उत्पादनहरु उपलब्ध छन्।