ब्राजिलमा कोभिड-१९ भाइरसबाट एकै दिन चार हजारबढीको मृत्यु

ब्रासिलिया : ब्राजिलमा गत २४ घण्टामा कोभिड-१९ को संक्रमणको कारण ४ हजार भन्दा बढीको मृत्यु भएको छ । ब्राजिलमा कोभिड भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरूले ज्यान गुमाएका यो पहिलो पटक हो ।
ब्रालिजमा मंगलबार ४ हजार १९५ जनाले कोभिड-१९ बाट ज्यान गुमाएपछि यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ । कोभिड १९ को कारण ज्यान गुमाउने व्यक्तिको हिसाबबाट ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ ।
ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड १९ को भयानक तनाव खेपिरेहको छ । एस्पिरिटो सान्टो फेडरल युनिभर्सिटीका महामारी विज्ञ एथेल मकिएलले भने, “हामी भयानक स्थितिमा छौं, र हामीले कुनै राज्य वा संघीय सरकारले प्रभावकारी उपाय देखिरहेका छैनौं“।
देशको जनसंख्याको १० प्रतिशतले पहिलो चरणको खोप लगाएका र हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नको लागि एक मात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको उनले बताए ।
देशमा चलेको राजनीतिको कारण ब्राजिलका यो स्थिति आएको र ठूलो संख्यामा व्यक्तिहरू ज्यान गुमाउनु परेको विज्ञहरूको भनाइ छ । कोभिड भाइरस नियन्त्रणको लागि विशेषज्ञहरूको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य संकट निम्त्याउनुमा राष्ट्रपति जाइर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ ।
राष्ट्रपति बोल्सोनारोले अर्को वर्ष फेरि चुनावको लागि तयारी गरेपछि राजनीतिकमा उथलपुथलको भएको थियो । गत हप्ता बिदेश, न्याय र रक्षा मन्त्रीहरु राजिनामा गरेपछि नयाँ मन्त्रीहरू नियुक्ति भएका थिए । त्यसैगरी सेनातर्फ सेना, नौसेना र वायुसेना कमाण्डरहरूले राजिनामा गरेपछि नयाँ कमाण्डरहरू फेरिएका थिए । (रासस)

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

प्रतिक्रिया