काठमाडौँ महानगरले किन भन्यो एक सातासम्म घरभित्र फोहोर राख्न ?

काठमाडौँ- एक सातासम्म काठमाडौँ महानगरबासीले घर-घरमा फोहोर राख्नुपर्ने भएको छ । सिसडोल सडकखण्ड निर्माण भइरहेकाले केही दिनका लागि उक्त सडकमा सवारीसाधन सञ्चालन नभएकाले महानगरले घरमा फोहोर राख्न अनुरोध गरेको छ ।
सडक निर्माण नभएसम्म घर-पसलबाट निस्केको फोहोर सडक र सार्वजनिक स्थानमा नफाल्न महानगरले अनुरोध गरेको छ । कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्नुपर्ने महानगरले जनाएको छ ।
'फोहोरमैला विसर्जन गर्न जाने सवारीसाधनको आवतजावतले कठिनाई उत्पन्न हुने भएकाले निर्माण कार्यलाई द्रुत गतिमा सञ्चालन गर्नको लागि उक्त सडक खण्डमा कम्तीमा एक साता सवारीसाधनको आवागमन बन्द गरिदिन सहरी विकास मन्त्रालयबाट पत्र आएको छ,' महानगरले जारी गरेको अपिलमा उल्लेख छ ।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया