जनार्दन शर्मामाथि छानबिन गर्ने समितिको म्याद थपिएला ?
काठमाडौँ - बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको र सिसिटिभी फुटेजबारे जाँच गर्न गठन भएको संसदीय छानबिन समितिको समय थप्ने तयारी गरिएको छ ।
१० दिनको म्यादसहित असार २२ मा गठन भएको समितिको म्याद बिहीबार सकिँदैछ । तर, समितिले समय सीमाभित्र छानबिन नसकिएकाले समय थप गर्ने तयारी गरिएको हो । त्यसका लागि आज बसेको समितिको बैठकले ७ दिन म्याद थप गर्न आग्रह गर्ने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए ।
केही व्यक्तिको बयान लिन बाँकी रहेको छ भने सिसिटिभीको हार्ड डिस्क जाँचका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ ।
उक्त रिपोर्ट आएपछिमात्र समिति टुंगोमा पुग्न सक्ने भएकाले त्यसका लागि समय थप गर्न सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गर्ने निर्णय समितिको छ । समितिले बिहीबार बिहान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने तयारी गरेको छ ।

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया