सुदूरपश्चिम प्रदेश : बजेट खर्च झण्डै ६६ प्रतिशत

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ मा विनियोजित कूल बजेटको ६६ दशमलव ६१ प्रतिशत अर्थात् रु २० अर्ब ९६ करोड ६१ लाख ९२ हजार खर्च भएको छ । आर्थिक मामिला मन्त्रालय धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार खर्च रकममध्ये चालुतर्फ रु नौ अर्ब एक करोड ६४ लाख ४० हजार (७१ दशमलव ७१ प्रतिशत) र पुँजीगततर्फ रु ११ अर्ब ९४ करोड ९७ लाख ५२ हजार (६४ दशमलव २३ प्रतिशत) रहेको छ ।
गत आर्थिक वर्षको ११ महिनामा कूल बजेटको ४० दशमलव ४४ प्रतिशत खर्च हुनसकेको बजेट वर्षको अन्तिम महिना असारमा मात्रै २६ दशमलव ३१ प्रतिशत खर्च भएको थियो । आव २०७८/७९ मा प्रदेश सरकारको विनियोजित बजेट रु ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको रहेको थियो ।
योमध्ये चालुतर्फ रु १२ अर्ब ३८ करोड ५४ लाख तीन हजार, पुँजीगततर्फ रु १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार र वित्तीय व्यवस्थापनतर्फ रु ३० करोड विनियोजन गरिएको थियो । पत्रकार सम्मेलनमा आर्थिक मामिलामन्त्री प्रकाश रावलले चालु आवको बजेट तयार गर्दा केही प्राविधिक कमी कमजोरीबाहेक कुनै गलत काम नभएको जिकिर गरे ।
प्रदेश सरकारले वित्तीय अनुशासन कायम नगरी विचौलियाको प्रभावमा परेर बजेट ल्याएको, बजेट कार्यक्रममा क्रमागत योजना हटाइएको योजनाको बाँडफाँट असमान ढङ्गले भएको जस्ता गुनासो प्रदेश सदस्यले उठाएपछि सरकारलाई बजेट पारित गर्न सकस भएको थियो । प्रतिपक्षीसंग लिखित सहमतिपछि असार २९ गते मात्र बजेट पारित भएको थियो । रासस

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया