शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

राप्रपाको केन्द्रीय समिति बैठक बस्दै

फाइल तस्बिर

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सुरु हुने राप्रपाले जनाएको छ । 

आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोस्रो चरणको संघर्षका कार्यक्रम, आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी लगायत विषयमा छलफल गरी रणनीति तय गर्ने कार्यसूची छ । बैठक आज र भोलि बस्नेछ ।