कुमारी बैंक लिमिटेड र होटेल ए–१ लभली स्टारबीच सम्झौता

काठमाडौँ- कुमारी बैंक लिमिटेड र लमही, दाङस्थित होटेल ए–१ लभली स्टारबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई होटेल ए–१ लभली स्टारबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत होटेल ए–१ लभली स्टारका विभिन्न सेवाहरूमा आकर्षक छुटको प्रावधान गरेको हो ।
बैंकका डेबिट-क्रेडिट कार्डवाहकहरूले उक्त होटेलको लजिङ्ग शुल्कमा १५% र फुडिङ्ग शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_HFHjRI6X71_8owebn6spp262ytqgi4cwtou3bfiyiqiwacaye9h3vqjcln5hnt4tfsw4fhz.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया