इरानी निर्देशक जफर पनाहीलाई ६ वर्षको जेल सजाय
इरान- इरानी सरकारको भ्रष्टाचारविरुद्ध आवाज उठाएका इरानी निर्देशक जफर पनाहीलाई सरकारले ६ वर्षको जेल सजाय सुनाएको छ । गत हप्ता मात्र सरकारले पनाहीलाई पक्राउ गरेको थियो ।
इरानी सरकारको बेथितिविरुद्ध आवाज उठाउँदै आएका पनाहीलाई सरकारले सन् २०१० मै ६ वर्षको सजाय सुनाएको थियो । तर दुई महिना जेल सजाय काटेपछि सरकारले उनलाई सर्तसहित छाडेको थियो । जसमा उनले देश छाड्न नपाउने र फिल्म पनि बनाउन नपाउने मुख्य सर्त थिए ।
त्योबाहेक सरकार विरोधी प्रदर्शनमा सहभागी नहुन पनि सरकारले चेतावनी दिएको थियो । पनाहीले त्यसयता देश नछाडे पनि फिल्मको सुटिङ भने रोकेका थिएनन् ।
ट्याक्सीमै सुटिङ गरिएको यही नामको फिल्मले जर्मनीको बर्लिन फिल्म फेस्टिभलमा गोल्डेन बियर अवार्ड जितेको थियो । उनले कान्स र लोकार्नोमा पनि अवार्ड जितेका छन् ।
अघिल्लो हप्ता सहकर्मी फिल्ममेकरलाई सरकारले समातेर १३ वर्षको जेल सजाय सुनाएपछि त्यसको विरोधमा महान्यायाधिवक्ताको कार्यालयमा प्रदर्शन गर्न गएका थिए । सरकारले सोही ठाउँबाट उनलाई पक्रेर हिरासतमा राखेको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया