छानबिन समितिमा पूर्वअर्थमन्त्री शर्माको बयान- अनधिकृत व्यक्ति प्रवेश गराएको छैन
म्याद थप्न सभामुखलाई पत्र

काठमाडौं - निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश नगराएको जिकिर गरेका छन् । आर्थिक वर्ष २०७९/८०को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले संसदीय विशेष छानबिन समिति बनाएको छ ।
समितिको बिहीबार बैठकमा उपस्थित भएर शर्माले आफूले अनाधिकृत व्यक्ति प्रवेश नगराएको जिकिर गरेका हुन् । आफूमाथि लागेको आरोपलाई बारम्बार अस्वीकार गर्दै उनले देशको आर्थिक अवस्था हेरेर विधि र प्रक्रियामा रहेर बजेट निर्माण गरेको दाबी गरे ।
बयानपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘मैले उहाँहरूले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरूले भन्नुहुन्छ ।’
यसैबीच शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले म्याद थप्न माग गरेको छ ।
बिहीबार शर्मासँग छलफल गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै समिति सचिव सुरेन्द्र अर्यालले सभामुख अग्निप्रसाद सापकोटासमक्ष समय थप्नका लागि अनुरोध गरिने जानकारी दिए ।
प्रतिनिधिसभा बैठकले समितिलाई काम थालेको दिनदेखि गणना हुनेगरी १० दिनको समय दिएको छ ।

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया