आइएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बी रेटिङ

काठमाडौँ - आइ.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बी’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ । कम्पनीले आफ्ना लगानीकर्ताहरू तथा सम्पूर्ण हितकारीहरूको सुरक्षाको निम्ति आफ्ना जोखिमहरूलाई न्युनिकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्छ । आगामी दिनहरूमा पनि कम्पनीले आफ्ना परिसूचकहरू अझ सशक्त गर्दै लैजाने कुरामा कम्पनी अझै प्रतिबद्ध रहेको जनाएको छ ।
कम्पनीले १४० वटा शाखा कार्यालयबाट बिमितहरूलाई सेवा प्रदान गर्दै आइरहेकोे छ । साथै कम्पनीमा २७ हजार भन्दा धेरै अभिकर्ताहरू आबद्ध रहेका छन् । कम्पनीले नवीनतम सेवा उपलब्ध गराउँदै जाने क्रममा कम्पनीको वेबसाइट र मोबाइल एप्समा राखिएको च्याट बोट मार्फत बिमित तथा अभिकर्ताहरूका लागि उपयोगी हुने विविध सेवा तथा सूचनाहरू प्रदान गर्दै आएको छ । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा ग्लोबल आइएमई बैक, आइएमई ग्रुप लगायत ठुला प्रतिष्ठित व्यवसायिक समूहहरूको लगानी रहेको छ ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_mLUdsvgbGM_cmf8psktdve55iarbgwx1ia7pmr72uhjwcmerz1x6ppi81gtddwvljlawrdz.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया