हुण्डाईले सुरु गर्यो वर्ल्डकप-२०२२ लक्षित 'टेस्ट-ड्राइभ क्याम्पेन'

काठमाडौंँ- फुटबल विश्वकप-२०२२ लाई मध्यनजर गर्दै हुण्डाईले आफ्नो 'गोल अफ द सेन्चुरी' अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले हुण्डाईको नेपालभरी रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट-ड्राइभ गरी फिफा विश्वकप-२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउँनेछन्।
श्रावण ३ गतेबाट सुरु भएको यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुण्डाई सोरुममा रजिस्टरी गरी सहभागी हुन सक्नेछन्। यो अफरको अन्त्यमा लक्की ड्र मार्फत दुईजना भाग्यशाली विजेताहरूको छनोट गरिनेछ। प्रत्येक विजेताले उपहार स्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन्। यसरी जम्माजम्मी चारजना हुण्डाईको स्पन्सरसीपमा कतार जान पाउनेछन्।
हुण्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राम मार्फत ल्याइएको यो अफर नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले संयोजन गरेको छ। अफर मार्फत कम्पनीले “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गत पर्यावरण दीगोपनको लागि हुण्डाईले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य राखेको छ।
साथै फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने हेतुले पनि यो अफर ल्याइएको हो। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरीका १७ डिलर र १९ सर्भिस सेन्टर मार्फत आफ्नो सेवा दिइरहेको छ। यदि तपाईं पनि हुण्डाईका उत्कृष्ट उत्पादन र सेवा सम्बन्धी जानकारी लिँदै कतार वर्ल्ड कप लाइभ हेर्ने मौका पाउन चाहनु हुन्छ भने आजै आफू नजिकैको हुण्डाई सो-रुम गई टेस्ट-ड्राइभ गर्न सक्नुहुनेछ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_HFHjRI6X71_8owebn6spp262ytqgi4cwtou3bfiyiqiwacaye9h3vqjcln5hnt4tfsw4fhz.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया