तेस्रो एकदिवसीयमा जमानको शतक, बाबर ६ रनले चुके

काठमाडौँ : दक्षिण अफ्रिकासँगको तेस्रो निर्णायक एकदिवसीय क्रिकेटमा पाकिस्तानका फकहर जमानले शतक बनाएका छन् । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२० रन बनायो ।
पाकिस्तानका लागि जमानले १०१ रन बनाए । १०४ बलको सामना गरेका जमानले ९ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान बाबर अजामले ९४ रन बनाए । ८२ बल खेलेका उनले अन्तिममा चौका र छक्का प्रहार गर्दै शतक नजिक पुगेका थिए ।
तर अन्तिम बलमा आउट भएका उनी ६ रनले शतक बनाउनबाट चुके । यस्तै अर्का ओपनर इमाम उल हकले ५७ रन बनाए । दक्षिण अफ्रिकाका केशब महराजले तीन विकेट लिए । तीन खेलको सिरिज एक-एकको बराबरीमा छ ।

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_6qXmQddoOh_ulhaeidvc2ceb0mb8v2nzxpsmklqoyitc3zwajluvdebnokrxccmmvdqgonb.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

प्रतिक्रिया