निष्पक्ष पत्रकारिता आवश्यक: प्रम देउवा

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारको आडमा आक्षेप लगाउने क्रम बढेको भन्दै युगले निष्पक्ष पत्रकारिता मागेको बताएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल प्रेस युनियनको केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसको सभापति समेत रहेका देउवाले पार्टी शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ९ औंं महाधिवेशन उद्घाटन गर्दै पत्रकारसँग देशको भविष्य जोडिएकाले प्रमाणको आधारमा र निष्पक्ष भएर कलम चलाउन अनुरोध गरे । प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रुपमै लान्छना लगाउने क्रम बढेको भन्दै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा बताए ।
‘राजनीतिक स्थायित्वको बिषयमा पत्रकारिता जगतले कलम चलाउनुपर्ने आवश्यक छ । परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको छ ।’, देउवाले भने । कोरोनाकालमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उनले स्मरण गरे । ‘सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुन्छ ।
लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ।’, उनले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको जनाए । प्रधानमन्त्री देउवाले निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिने बताए । ‘हामी आमनिर्वाचनको तयारीमा छौं । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाइदिनुहुन अनुरोध गर्दछु ।’, प्रधानमन्त्री देउवाले भने ।
सूचना तथा सन्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर अफवाह फैलाइएको भन्दै उनले यस बिषयलाई मिडियाले चिर्नुपर्ने बताए । ‘हाम्रो देशको अर्थतन्त्रमा केही समस्या छन् तर, श्रीलंकाको पथमा जाँदैन । नेपाल छिट्टै सबल अर्थतन्त्र भएको मुलुकमा दर्ज हुनेछ ।’, उनले भने ।
नेपाल प्रेस युनियन अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा महाधिवेशन भएको हो । नेपाली कांग्रेसको शुभेच्छुक संगठनको रुपमा रहेको युनियनको महाधिवेशनमा सहभागी हुने देशभरबाट पत्रकार, प्रतिनिधि तथा शुभेच्छुक गरी करिब दुई हजार जना हेटौंडामा भेला भएका छन् । भेलाले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वको विषयमा दुई खेमामा विभाजन भएर उम्मेदवारी घोषणा सुरु भइरहेको छ ।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया