एकदिवसीय सिरिज पाकिस्तानलाई

काठमाडौँ : दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानले जितेको छ । बुधबार राती भएको तेस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई २८ रनले हराउँदै पाकिस्तानले तीन खेलको सिरिज २-१ ले जितेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२० रन बनाएको थियो । उसका लागि फकहर जमानले १०१ र कप्तान बाबर अजामले ९४ रन बनाए ।
३२१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभर ३ बलमा अलआउट हुँदै २९२ रन मात्रै बनाउन सक्यो । उसका लागि जेनिम्यान मालनले ७० र केल भेर्रीएनले ६२ रन बनाए । तर पनि टिमलाई जिताउन सकेनन् ।
पाकिस्तानका सहिन अफ्रिदी र मोहम्मद नवाजले तीन-तीन विकेट लिए । पहिलो खेल पाकिस्तानले जितेको थियो भने दोस्रो खेल दक्षिण अफ्रिकाले जितेको थियो । पाकिस्तानले दक्षिण अफ्रिकामा दुई पटक एकदिवसीय सिरिज जितेको हो ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया