लोकतन्त्रमा आस्था राख्ने कांग्रेसी पत्रकारहरू ८ वर्षपछि नेता छान्दै

मकवानपुर- मकवानपुरको हेटौँडामा जारी प्रेस युनियनको ९औँ महाधिवेशनमा आज मतदान हुँदैछ । नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको चुनावी कार्यतालिका अनुसार आज बिहान ११ बजेबाट अपरान्ह ४ बजेसम्म मतदान हुँदैछ । हिजो उम्मेदवारी दर्ता गराएका दुई वटा प्यानलबीचमा आज मतदान हुने भएको हो । देशभरका ७७ जिल्लाबाट आएका एक हजार ६ सय ५० जना प्रतिनिधिहरूले आज मतदान गर्नेछन् ।
प्रेस युनियनको चुनावमा संस्थापन शेरबहादुर देउवा पक्षबाट अनिता बिन्दु र संस्थापन इतर समुह शेखर कोइराला समूहबाट शिव लम्सालको प्यानल चुनावी प्रतिस्पर्धामा लागेको छ । यसैगरी अध्यक्ष पदमा भुवन भट्टले पनि उम्मेदवारी दिएका छन् । प्रेस युनियनको वरिष्ठ उपाध्यक्ष पदमा एक पदको लागि दुई जनाले उम्मेदवारी छ । बरिष्ठ उपाध्यक्षमा प्रेम केसी र सरोज अधिकारीले उम्मेदवारी दिएका छन् ।
८ वर्षपछि हुन लागेको कांग्रेस निकट प्रेस युनियनको महाधिवेशन आगामी ३ वर्षको लागि ले नयाँ नेतृत्व चयन गर्नेछ । प्रेस युनियन केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति समेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरेको छ । जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १२, महासचिव १, उपमहासचिव ६, सचिव १७, कोषाध्यक्ष १ र केन्द्रीय सदस्य ७६ जना समेत गरी कुल ११५ जना रहने व्यवस्था छ ।
त्यस्तै, केन्द्रीय लेखा समितिमा संयोजक १ र सदस्य ४ जना समेत गरी ५ सदस्य रहने व्यवस्था छ । यस्तै कुल १२० वटा पदमध्ये ११८ पदका लागि उम्मेदवारी परेको छ । दुई पदका लागि कुनै पनि मनोनयन दर्ता भएको छैन भने उम्मेदवारी परेका ३१ पदमा निर्विरोध निर्वाचित भएको घोषणा भइसकेको छ ।
मनोनयन दर्ता नभएको पदमा अल्पसंख्यक महिला कोटाको केन्द्रीय सदस्य र उपत्यका महिला कोटाको केन्द्रीय सदस्य पद रहेको छन् । अल्पसंख्यक महिला केन्द्रीय सदस्यतर्फ १ जनाको कोटामा कुनै पनि मनोनयन दर्ता भएन । उपत्यका प्रदेशको महिला केन्द्रीय सदस्यमा २ जनाको कोटामा १ जनाको मात्रै मनोनयन दर्ता भयो । बाँकी ८७ पदका लागि भने आज निर्वाचन हुँदैछ । यसका लागि १७३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
उपाध्यक्ष खुल्ला दुइ वटा पदमा चार जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष खुल्लामा राममणि दाहाल, नकुल अर्याल, भिष्मराज ओझा र शेखर रेग्मीले उम्मेदवारी छ । उपाध्यक्ष समावेशी पदमा भने संखुवासभाका दिपेन्द्र वान्तवा निर्बिरोध निर्वाचित भैसकेका छन् ।
यसैगरी ११ जना अरु उपाध्यक्षका लागि दुई प्यानलबाट उम्मेदवारी दिएर प्रतिस्पर्धा हुने भएको छ । यसैगरी महासचिव पदमा जगन्नाथ दुलाल र दिलिप पौडेलबीचमा प्रतिस्पर्धा हुँदै छ । अध्यक्षदेखि सदस्यसम्म दुई प्यानलमा बिभाजित भएका छन् ।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया