१८ सय सदस्यमध्ये तीन जनाकाे उपस्थितिमा अधिवेशन, घरघरमा पुगेर हस्ताक्षर गराइँदै

अर्घाखाँची- अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर उपभोक्ता संस्थाको अधिवेशन सन्धिखर्कमा जारी छ । करिब १८ सय जना उपभोक्ता रहेको संस्थामा करिब तीन जनाको मात्रै उपस्थितिमा अधिवेशन सुरू भएको हो । अधिवेशनमा आवश्यक संख्या नपुगे पनि निर्वाचन समितिले निर्वाचन प्रक्रिया भने अगाडि बढाएको छ।
उद्घाटन सत्रमा आवश्यक कोरम नपुगेपछि सदस्यको घरघरमै पुगेर हस्ताक्षर गराएर माइन्युटमा संख्या बढाइएको छ । ‘कार्यक्रममा म सहभागी थिइन, नाम उल्लेख नगर्ने शर्तमा एक उपभोक्ताले भने, ‘हामीलाई गाह्रो भयो भनेपछि घरमै आएकालाई हस्ताक्षर गरिदिएको छु ।’
घरघरमा पुगेर हस्ताक्षर गराएको माइन्युट भने गोप्य राखिएको छ । अहिले माइन्युट उपलब्ध गराउन सकिँदैन,’ निर्वाचन समिति संयोजक केबी भुसालले भने, ‘तपाईं के गर्न सक्नुहुन्छ गर्नुस्, आज दिन सकिन्न भोलि पाउनुहुन्छ ।’
उद्घाटन सत्र चलिरहेकै बेला जिल्लामा क्रियाशील राजनीतिक दलहरूले पदाधिकारी तथा सदस्यमा बाँडफाँट गरे पनि दोहोरो उम्मेदवारी परेपछि चुनाव हुने भएको हो ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_1ZjrSYUDmO_3nobrg1tpakpnlysdaeyuugt6cbvv5poizu8fhtm6mcrdefhfugl6qkxewmr.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया