आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

टाउकोको भाग सडेर अलग भएको अवस्थामा महिलाको शव भेटियो

फाइल तस्बिर

रुकुमपूर्व- रुकुमपश्चिमको मुसिकोट नगरपालिका-१ निपानेमा अन्दाजी ३५/४० वर्षीया महिलाको शव फेला परेको छ । ती महिलाको टाउकोको भाग सडेर अलग भएको प्रहरीले फेला पारेको थियो ।

महिलाको पहिचान भने नखुलेको प्रहरी प्रमुख नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । उनका अनुसार शव जिल्ला अस्पताल सल्लेमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सोतीले जानकारी दिए । रासस