लुकामारी खेल्ने क्रममा सर्पले टोकेर बालकको मृत्यु

सिराहा- सर्पको टोकाइबाट सिराहामा एक जना बालकको मृत्यु भएको छ। साथीहरूसँग घरमै लुकामारी खेल्ने क्रममा केराबारीमा लुक्न गएका बेला सर्पले टोक्दा गोलबरजार नपा-३ जमदह भाङ्गवारीका नथुनी सदाका ६ वर्षीय छोरा अनिल सदायको मृत्यु भएको हो।
सर्पले डसेर सिकिस्त भएका उनलाई उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश केन्द्र पुर्याए पनि बाटाेमै मृत्यु भएकाे बताइएको छ।
खेलिरहेका बेला सर्पले टोकेको भए पनि बालकले थाहा नपाएका कारण उनी सिकिस्त भएपछि मात्रै घरपरिवारले थाहा पाएको स्थानीय नरबहादुर थापाले जानकारी दिए।
उनी गाउँकै सरस्वती माध्यमिक विद्यालयमा बालविकासमा पढ्दै थिए।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया