आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

भक्तपुर दुर्घटना : मृतक एक जनाको पहिचान खुल्याे

भक्तपुर- भक्तपुरमा रुख ढलेर किच्दा मृत्यु  भएका तीन जनामध्ये एकजनाको पहिचान खुलेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेहरूमध्ये एक जना भक्तपुर नगरपालिका-२ का २५ वर्षीय विशेष खर्बुजा रहेका छन् । 

आइतबार  दिउँसो सवा १२ बजे  भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित चोगां गणेशमा सडक छेउको सल्लाको रुख ढल्दा बा. २ ख. ३५८४ नम्बरको बस र बा. ६१ प. ३९७८ नम्बरकाे स्कुटरलाई किच्दा तीन जनाकाे मृत्यु भएकाे र १५ जना घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए । उनका अनुसार मृतकमध्ये दुई जनाकाे अझै पहिचान हुन सकेकाे छैन । पहिचान नखुलेका मृतक पुरुष रहेका छन् ।

तीन जनाकै उपचारको क्रममा मृत्यु भएको र बाँकी घाइतेहरूकाे भक्तपुरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । न्युज कारखाना