चार वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या

पर्सा- पर्सामा चार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।
उनलाई बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले शनिबार तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका–२ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका–१६ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेका छन् ।
प्रहरीका अनुसार बिहीबार साँझदेखि बालिका हराएकी थिइन् । उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खोजी कार्य सुरु गरेको थियो ।
खोजीको क्रममा वीरगन्ज महानगरपालिका–२ छप्कैयास्थित खाली जग्गाको झाडीमा ती बालिकाको शव फेला परेको थियो ।
थप अनुसन्धानका क्रममा घटनामा संलग्न १२ वर्षीय बालकलाई पक्राउ गरी थप सोधपुछ गरिएको थियो । सोधपुछका क्रममा ती बालक र अन्य ३ जनाको संलग्नतामा बालिकाको बलात्कारपछि हत्या गरिएको खुलेको थियो ।
घटनामा संलग्नमध्ये सलमान खानलाई सोही महानगरपालिका–२ घुसुकपुरबाट र १८ वर्षीय किशोरलाई सोही महानगरपालिका–१६ नगवास्थित सडकबाट प्रहरीले पक्राउ गरको हो ।
उनीहरु उपर जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । घटनामा संलग्न हाल फरार एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया