छोरीको कलममा गणेशमान सिंहको संघर्ष

काठमाडौं : गणेशमान सिंहको बारेमा लेखिएको पुस्तक ‘दि स्ट्रगल अफ गणेशमान सिंह’ सार्वजनिक हुने भएको छ । सांग्रिला बुकले प्रकाशन गर्न लागेको पुस्तक उनकै छोरी डा. मीता सिंहले लेखेकी हुन् ।
सांग्रिलाले २०४६ सालमा आजकै मितिमा जन–आन्दोलन सफल भएको दिनको सम्झनामा पुस्तकको कभर सार्वजनिक गरेको जनाएको छ । प्रजातन्त्रको पुनःस्थापनाको लागि भएको ४६ सालको जनआन्दोलन सर्वोच्च नेता गणेशमान सिंह कै नेतृत्वमा भएको थियो ।
पुस्तकले नेपाली राजनीति र समाज रुपान्तरणमा गणेशमान सिंहको योगदान र संघर्षको बारेमा नयाँ पुस्तालाई समग्र जानकारी दिनेछ । प्रतिकूल अवस्थामा आन्दोलनको नेतृत्व गरेका नेता गणेशमान सिंहको बारेमा मात्र नभएर पिता गणेशमानको व्यक्तित्व पनि पुस्तकमा पोखिएको लेखक मिताले जनाएकी छिन् ।
‘मैले यो किताब विशेष गरेर युवापुस्तालाई नेपालमा प्रजातन्त्र रातारात आएको होइन भनेर बुझाउन लेखेकी हुँ । लामो संघर्ष र धेरैको बलिदानीले आएको प्रजातन्त्रको कदर गर्दै यसका लागि लड्नेप्रति हामीले सम्मान देखाउनुपर्छ’ उनले भनेकी छिन्, ‘खुलामंचमा लाखौंको संख्यामा उपस्थित उत्साही जनतालाई सम्बोधन गर्दै उहाँले भन्नुभएको थियो – राजनीतिक आन्दोलनको सफलतापिछ अब आर्थिक क्रान्ति हुनुपर्छ र हाम्रो सम्पूर्ण ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्छ ।’
पुस्तकमा प्रजातान्त्रिक समाजवादका लागि गणेशमानले सन् १९३६ देखि १९९७ सम्म गरेको संर्घष अटेको छ । यो पुस्तकले युवापुस्तालाई प्रजातन्त्रका आधारभुत मूल्य मान्यता बुझाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया