लमजुङमा राहदानीबाट दुई करोड बढी राजस्व संकलन

लमजुङ- लमजुङमा एक आर्थिक वर्षको अवधिमा राहदानीबाट मात्रै दुई करोडभन्दा बढी राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको श्रावणदेखि असारसम्म राहदानी सेवा प्रवाहबाट मात्रै दुई करोड ६७ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत जगदीश मिश्रले जानकारी दिए ।
कार्यालयले एक आर्थिक वर्षमा करिब तीन करोड रुपैयाँ राजस्व संकलन गरेको समेत मिश्रले बताए । आर्थिक वर्ष ०७८/७९ मा विभिन्न शीर्षकमा दुई करोड ८७ लाख २७ हजार दुई सय ५३ रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयका अनुसार एक वर्षको अवधिमा कार्यालयबाट ६ हजार आठ सय ५१ राहदानी सिफारिस सेवा भएको छ । सो अवधिमा राहदानीका लागि पाँच हजार तीन सय ५० साधारण सिफारिस भएको छ भने एक हजार पाँच एक द्रुत सिफारिस भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी मिश्रले बताए ।
राहदानी सेवा बाहेक प्रशासन कार्यालयले अन्य प्रशासनिक र एजेन्सी दर्ता शुल्क बाट पाँच लाख, ९५ हजार चार सय दुई रुपैयाँ राजस्व संकलन गरेको छ ।
प्रशासनिक दण्ड जरिवाना जफतबाट आठ लाख २० हजार ६ सय १० रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ । यस्तै हातहतियार इजाजत पत्र दस्तुरबाट पाँच लाख ११ हजार ३५ रुपैयाँ संकलन भएको छ भने परीक्षा दस्तुरबाट एक हजार एक सय रुपैयाँ राजस्व संकलन भएको प्रशासन कार्यालयले जनाएको छ । न्युज कारखाना

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

प्रतिक्रिया