अमेरिकाको नर्थ क्यारोलाइनामा बस्ताकोटीको 'विसंगत बस्ती' विमोचन

काठमाडौँ- संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना स्थित केरी शहरमा भानु जयन्तीको अवसर पारेर आयोजित साहित्यिक कार्यक्रममा डा ऋषि बस्ताकोटीद्वारा लिखित मुक्तक संग्रह 'विसंगत बस्ती' को विमोचन गरिएकाे छ ।
नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका सल्लाहकारहरू ईइश्वर देवकोटा, डा नारायण राजभण्डारी, नगेन्द्र न्यौपाने, नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष नम्रता गुरागाई, नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका अध्यक्ष आर पी पौडेल र मुक्तककार बस्ताकोटी स्वयंले सामूहिक रुपमा पुस्तकको विमोचन गरेका हुन् ।
कार्यक्रममा ईइश्वर देवकोटाले मुक्तककारको परिचय प्रस्तुत गर्दै बस्ताकोटीको साहित्यिक तथा सामाजिक योगदानको चर्चा गरेका थिए । यस्तै साहित्यकार नम्रता गुरागाईंले विमोचित पुस्तकको समीक्षा गरेकी थिइन् ।
डा अच्युत शर्मा र कल्पना घिमिरेले मुक्तककारलाई शुभकामना व्यक्त गर्दै संग्रहभित्रबाट छानिएका मुक्तकहरु वाचन गरेका थिए । डा ऋषि बस्ताकोटीको दोस्रो साहित्यिक कृति 'विसंगत बस्ती' बिएन पुस्तक संसारले हालै बजारमा ल्याएको हो ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_yBgSMmET3R_wdszqdl2sqflc3yfbs1kipwsdya0ua2wus05uzn8gxnm1pzxa1lz69ngdoik.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया