महासंघको कर्णाली प्रदेश अध्यक्षमा देवीराम देवकोटा विजयी

सुर्खेत : नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको अध्यक्षमा देवीराम देवकोटा विजय भएका छन् । देवकोटाले चार ४२९ मत प्राप्तगरी विजय भएका हुन् । उनका प्रतिद्वन्दी विष्णु शर्माले ३२१ मत प्राप्त गरेका छन् । देवकोटा कांग्रेस निकट प्रेस युनियन, माओवादी निकट प्रेस सेन्टर र माधव नेपाल समूहको गठबन्धनबाट उम्मेदवारी दिएका थिए भने शर्मा प्रेस चौतारीबाट उम्मेदवार बनेका थिए ।
त्यसैगरी उपाध्यक्षमा चक्र केसी, महिला उपाध्यक्षमा विमला खड्का, महासचिवमा खगेन्द्रप्रसाद भट्टराई विजयी भएका छन् । यस्तै सचिवमा दिपक बुढा, समावेशी सचिवमा अशोक राजी र कोषाध्यक्षमा गणेशकञ्चन भारती विजयी भएका छन् ।
महासंघको सदस्यहरुमा इवरीप्रसाद देवकोटा, कृष्णबहादुर वली,जीवन शाही, दिपककुमार जैशी,नन्दराम जैशी, सरोज वली,सुवर्ण शाही, सुरेन्द्रबहादुर सिंह विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा चिना बिक, सुरिता बस्नेत र देवकी लामिछाने विजयी भएका छन् ।

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

गाउँपालिकाका उपाध्यक्षद्वारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि कर्णालीमा गोदाममै पाठ्यपुस्तक

शिक्षकले पाएनन् छ महिनादेखि तलब

प्रतिक्रिया