दीपक भन्छन् : बक्स अफिसमा हैन दर्शकको मनमा रेकर्ड राख्न चाहान्छौँ

काठमाडौँ - ‘कबड्डी ४’ले बक्स अफिसमा २३ करोड हाराहारी ग्रस गरेपछि यो फिल्मले ‘छक्का पञ्जा’को रेकर्ड तोडेका समाचार आए । यो समाचारले दीपक राज गिरीलाई खुसी बनाएन । उनले फेसबुकमा स्ट्याट्स लेखेर नै यो खबर गलत भएको आसय पोखे । त्यसयता पनि ‘कबड्डी ४’ले बक्स अफिसमा थप अंक जोडिसकेको छ र निर्विवाद रुपमा ‘कबड्डी ४’ नेपाली फिल्ममा सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ ।
दीपक राज गिरीको यो गुनासो सम्झेर बसेका पत्रकारले सोमबार भएको ‘छक्का पञ्जा’को औपचारिक घोषणा कार्यक्रममा यही रेकर्डको प्रसंग निकाल्दा भने दीपक राज गिरीले बडो भलाद्मी उत्तर दिए । पत्रकारले उनलाई ‘तपाईँले कबड्डी ४ को रेकर्ड तोड्न छक्का पञ्जा नाम राख्नु भएको हो ?’ भनी सोध्दा दीपक राज गिरीले बक्स अफिस रेकर्ड राख्न नभई दर्शकमा मनमा बस्न चलचित्र बनाएको उत्तर दिएका थिए । ‘बक्स अफिसभन्दा पनि दर्शकको मनमा हाम्रो रेकर्ड रहोस् भन्ने हो । हामीले कहिले बक्स अफिसको चिन्ता गरेकै छैनौँ ,’ उनको जवाफ थियो ।
केही दिनअघिसम्म पनि यो फिल्म ‘श्री माग्ने राजा’को रुपमा बन्ने चर्चा थियो । तर अन्तिम समयमा आएर फिल्मको नाम ‘छक्का पञ्जा ४’ राखिएको हो । मिडियाका अघि आफूलाई रेकर्डको मतलब नभएको बताउँदै आए पनि फेसबुकमा भने आफ्नो फिल्मको रेकर्ड कसैले नतोडेको दाबी गर्ने गरेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया