‘ब्ल्याक प्यान्थर’को टिजर बन्यो मार्भल फिल्मको इतिहास

लसएन्जल्स - ‘ब्ल्याक प्यान्थर’को सिक्वेल ‘ब्ल्याक प्यान्थर ः वाकन्डा फरएभर’को टिजरले दर्शक संख्यामा रेकर्ड कायम गरेको छ । शनिबार सार्वजनिक भएको फिल्मको टिजरले २४ घन्टामा १ सय ७२ मिलियन अर्थात् लगभग २१ अर्ब हाराहारी दर्शक पाएको छ । सन् २०१७ मा सार्वजनिक भएको यो फिल्मको पहिलो भागको टिजरले ८८ मिलियन भ्युज पाएको थियो ।
सामाजिक सञ्जालमा पनि यो फिल्मको चर्चा औधी छ । २४ घन्टाकै अवधिमा फिल्मले ८ लाख ९३ हजार मेन्सन पाएको छ जसलाई पनि मार्भलका फिल्मको इतिहासमा सर्वाधिक मानिएको छ । यही गतिमा यसले दर्शक पाउने हो भने यसले मार्भलबाहेक बाँकी स्टुडियोले बनाएका ठूला फिल्मको पनि रेकर्ड तोड्ने अनुमान गरिएको छ ।
फिल्मका मुख्य अभिनेता चाडविक बोसेमनको मृत्युलाई यसको मुख्य कारण मानिएको छ । पहिलो शृंखलामा मुख्य भूमिकामा देखिएका चाडविक सन् २०२० मा कोलोन क्यान्सरसँग पराजित हुन पुगेका थिए । टिजर सार्वजनिक समारोहका फिल्मको सम्पूर्ण टिमले फिल्म चाडविकप्रति नै समर्पित रहेको बताएका थिए । यो फिल्म कात्तिक २५ मा विश्वभर सार्वजनिक हुँदैछ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया