जलविद्युत्मा ३०,६५२ मेगावाटका लाइसेन्स जारी

काठमाडौं - जलविद्युत्मा निजी क्षेत्रलाई सहभागी गराउने नीति लागू भएपछि हालसम्म ३० हजार मेगावाटभन्दा बढी जलविद्युत्का लाइसेन्स जारी भएका छन् ।
विद्युत् विकास विभागको पछिल्लो तथ्यांकअनुसार जलविद्युत्का उत्पादन र सर्वेक्षण गरी हालसम्म ३० हजार ६ सय ५२ मेगावाटका अनुमति पत्र जारी भएका हुन् । अझ सौर्य, वायु, थर्मल र सहउत्पादनका अनुमतिपत्र समेत जोड्ने हो भने जारी भएका कूल लाइसेन्स ३२ हजार ३ सय ४३ मेगावाट पुगेको छ ।
जारी भएकामध्ये जलविद्युत्का ६ सय ७१, वटा, सौर्यका ९१, वायु ४, थर्मल २ र सहउत्पादन ४ गरी कूल ७ सय ७२ वटा लाइसेन्स छन् । यसमा सौर्य एक हजार ६ सय सात मेगावाट, वायु ६ मेगावाट, थर्मल ५३ मेगावाट र सहउत्पादन २४ मेगावाट छन् ।
जारी भएका लाइसेन्समा २ हजार एक सय ६६ मेगावाटका एक सय ४४ वटा जलविद्युत् कम्पनीले विद्युत् उत्पादन गरिरहेका छन् । हालसम्म ८ हजार २ सय ५६ मेगावाटका २६८ वटा आयोजनाहरुले उत्पादन अनुमति पत्र प्राप्त गरेका छन् । उत्पादन अनुमति पाउनका लागि कूल ५ हजार ६ सय ८१ मेगावाटका ६३ कम्पनीले निवेदन दिएका छन् ।
विद्युत् ऐन, २०४९ अनुसार जलविद्युत्, सौर्य, वायु, थर्मल, बायोमास र सहउत्पादनबाट बिजुली उत्पादनसम्बन्धी सर्वेक्षण गर्न, सञ्चालन गर्न अनुमति पत्र लिनुपर्छ ।
यसरी जारी भएका विभिन्न लाइसेन्सहरुमध्ये २७ हजार ७ सय ८० मेगावाट विकासको विभिन्न चरणमा रहेको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार हालसम्म ३ सय ५७ वटा आयोजनाका ६ हजार ३ सय ६६ मेगावाटको विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ ।
हाल प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्र गरी कूल २ हजार एक सय ९० मेगवाटको जडित क्षमता छ । प्राधिकरण र उसको सहायक कम्पनीहरुले २ हजार ५ सय ५७ मेगावाट निर्माण गरिरहेको घिसिङले बताए ।
यता बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कं. लि, विद्युत् उत्पादन कम्पनी (भिउसीएल), जलविद्युत् विकास तथा लगानी कम्पनी (एचआईडीसीएल) गरी कूल २०३२ मेगावाटका आयोजना निर्माणको विभिन्न चरणमा रहेका छन् ।
यसैगरी नेपाल सरकार लगानी बोर्ड अन्तर्गत ४ हजार ९ सय ५० मेगावाट छन् । त्यस्तै सतलज जलविद्युत निगम, भारतअन्तर्गत २ हजार ३२ मेगावाटका आयोजना विभिन्न प्रक्रियामा छन् ।
पीपीए निवेदन नै ११ हजार मेगावाटभन्दा बढी
घिसिङका अनुसार सर्वेक्षण सकेर ११ हजार ३ सय ९१ मेगवाटको पीपीएका लागि प्राधिकरणमा निवेदन परेको छ । यसमध्ये नदी प्रवाही (आरओआर) ४२.१० प्रतिशत, अर्धजलाशययुक्त (पीआरओआर) ४७.३८ प्रतिशत, जलाशययुक्त ७.२७ प्रतिशत, सौर्य ३.२३ प्रतिशत, पवन ऊर्जा ०.०१ प्रतिशत र लघु जलविद्युत् ०.०१ प्रतिशत छन् ।
हालसम्म प्राधिकरण अन्तर्गत ६ सय ५८ मेगावाट उत्पादन भइरहेको छ । त्यस्तै सञ्चालनमा रहेका प्राधिकरणको सहायक कम्पनी अन्तर्गत माथिल्लो तामाकोसी र चिलिमे गरी ४ सय ७८ मेगावाट छन् । निजी क्षेत्रको उत्पादन भइरहेको जडित क्षमता भने एक हजार ५४ मेगावाट छ । यसरी प्राधिकरण, उसको सहायक कम्पनी र निजी क्षेत्र गरी नेपालमा हालसम्म २ हजार एक सय ९० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
त्यस्तै निर्माणाधीनमा प्राधिकरणको ८ मेगावाट, सहायक कम्पनीको ४ सय ४७ मेगावाट, निजी क्षेत्रको २ हजार ८ सय ३४ मेगावाट गरी कूल ३ हजार २ सय ८९ मेगावाट छन् ।
पीपीए भएर पनि वित्तीय व्यवस्थापन हुन नसकेका तथा निर्माणको विभिन्न चरणमा रहेका आयोजनाहरुको क्षमता एक हजार पाँच सय ५३ मेगावाट छन् । यसमा प्राधिकरणको सहायक कम्पनीहरुका ४०, निजी क्षेत्रको एक हजार ५ सय १३ मेगावाट छ ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया