सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

निर्मला पन्तको हत्यारा पत्ता लागेको भए कुन कारागारमा राखिएको छ गृहमन्त्री ज्यु ?

काठमाडौँ- ​प्रतिनिधि सभा सदस्य गंगा चौधरीले एक वर्षसम्म सरकारले निर्मला पन्तको विषयमा मौन बसेको भन्दै सरकारले हत्यारा पत्ता लगाएको भए कुन कारागारमा राखिएको गृहमन्त्रीले जवाफ दिन माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चाैधरीले यस्ताे माग गरेकी हुन् ।

उनले भनिन्, 'आज ठीक चार वर्ष भयो । निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष भयो । संसदमा चर्को आवाजले मैले खोज्दैछु । निर्मला पन्तले वर्तमान सरकारबाट न्याय पाएकै हुन । हत्यारा पत्ता लागेकै हो । हत्यारा पत्ता लगेको भए कुन कारागारमा राखिएको छ ? गृहमन्त्री ज्युसँग जवाफ माग्न चाहन्छु ।’

सोहीक्रममा नागरिकता विद्येयक पास गर्ने सत्तापक्षका सबै सांसदहरुको अनुहारमा लेण्डुप दोर्जेको छायाँ देखिन थालेको बताइन् । उनले सत्ता पक्षका सांसदहरुलाई लेण्डुप दोर्जेको संज्ञा दिइन् । चौधरीले भारतमा इन्दिरा गान्धीले सिक्किम भारतसँग विलय नहुँदा समेत लेण्डुप दोर्जेलाई रातो कार्पेटमा स्वागत गर्ने गरेको भन्दै अहिले नेपालका नेतालाई डिल्लीले रातो कार्पेटमा स्वागत गरिरहेको उल्लेख गरिन् ।