पोखरामा भिरबाट लडेर एक जनाको मृत्यु

काठमाडौँ - पोखरामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १७ का ५० वर्षीय मंगल सिंह रहेका छन् ।
कास्की प्रहरीका अनुसार आज बिहान ११:३५ बजे सिंह आफ्नै घर नजिकैको लामातहरास्थित भिरबाट लडेर गम्भीर घाइते भएका थिए ।
उनलाई प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएको थियो । सिंहको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया