नेपाल-चीन सम्बन्ध द्विपक्षीय हितका लागि हुनुपर्ने विज्ञको सुझाव

काठमाडौँ- नेपाल-चीन सम्बन्ध ऐतिहासिक, सौहार्दपूर्ण रहेको र उक्त सम्बन्ध द्विपक्षीय हितका लागि हुनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।
फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालको आयोजनामा ‘हिमाल पारीको मित्रता’ विषयक आज भएको कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्धलाई द्विपक्षीय रुपमा अगाडि बढाउँदा दुई देशबीचको सम्बन्ध अझ बलियो हुने सुझाव दिए । नेपालले लिएको एक चीन नीतिलाई अपनाउँदै दुई पक्षीय हितका लागि काम गर्नुपर्ने उनको भनाइ थियो ।
पूर्व पूर्वगर्भनर डा दीपेन्द्रबहादुर क्षेत्रीले नेपालका सबै राजनीतिक दल मिलेर छिमेकी तथा दातृ राष्ट्रका लागि एउटा आर्थिक र परराष्ट्र नीति बनाउनुपर्ने बताए । नेपालको सम्पूर्ण शक्ति राजनीतिक परिवर्तनमा लागेको हुँदा अन्य महत्वपूर्ण विषय छुटेको उल्लेख गर्दै उनले सबै दलको सहमतिमा साझा आर्थिक र परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिए ।
श्रीलङ्काका लागि नेपाली राजदूत वासुदेव मिश्रले नेपाल चीनबीचका सम्बन्ध थप बलियो बन्दै गएको र आगामी दिनमा थप प्रगाढ बनाउन चीन सरकारले गरेको सहयोगलाई ध्यानमा राख्नुपर्ने बताए । क्लबका महासचिव डा कल्याणराज शर्माले चीनबाट हालै भएको भ्रमणको विकासको बारेमा छलफल गर्न, द्विपक्षीय सम्बन्ध सुधार गर्ने तरिकाहरू अन्वेषण गर्न र राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक ज्ञान तथा अनुभव आदानप्रदान गर्न सक्षम बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको जानकारी गराए । रासस

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया