खोलाले बगाएर वडा सदस्यको मृत्यु

नुवाकोट- बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मङ्गलबार साँझ मृत्यु भएको छ ।
बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो ।
तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताए । उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट महिला सदस्यमा निर्वाचित भएका थिए ।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया