जनआन्दोलनले मलाई पत्रकार बनायो

काठमाडौँ : म नेपाल ल क्याम्पसमा पढिरहेको थिएँ । फोटोग्राफी मेरो सोख मात्र थियो । २०४६ फागुन ७ पछि पञ्चायतविरुद्ध आन्दोलन चर्कियो । मैले आफ्नै किसिमले फोटो खिचेँ । पचास दिन आन्दोलन भयो । प्रजातन्त्र आएको दुई दिनपछि म बम्बै गएँ । रिल पनि सँगै लिएको थिएँ । म ‘टाइम्स अफ इन्डिया’को कार्यालयमा छिरेँ । त्यहीँ छापिए मैले खिचेका फोटो ।
यसरी कानुन पढिरहेको म वकिल बन्न छाडेर पत्रकार पो बनेँ । पछि पत्रकारितामै लागेँ । फोटो पत्रकारिता नै मेरो पहिचान र सामथ्र्य दुवै भयो ।पञ्चायतविरुद्ध काठमाडौँमा भएको प्रदर्शनमा प्रजातन्त्रको भोक प्रस्टै देखिन्थ्यो । हिजै जस्तो लाग्छ, तर ३१ वर्ष भइसकेछ । यी तस्बिर जबजब म आफैँ हेर्छु, पुराना दिन सम्झेर भावुक हुन्छ । तस्बिरले त्यो कथा र व्यथा दुवै सम्झाउँछन् । बोल्न नपाउँदाको निरंकुशतामा कति छटपटी हुन्छ भन्ने आजको पुस्ताले बुझ्न जरुरी छ जस्तो लाग्छ । हामी हिँडेको बाटो कठिन थियो । फेरि कठिन बाटोतिर हैन, सहज बाटोतिर अघि बढौँ भन्न चाहन्छु ।

समानताको अभ्यास हामीले चाहेको अवस्थामा छैन

मनमोहन र किसुनजीबाहेक कोही पनि प्रधानमन्त्री स्वप्नद्रष्टा भएनन्

प्रजातान्त्रिक संघर्षको इतिहासलाई उपहास गर्नेहरूका नाममा...

३१ वर्षअघि आजैको रोमाञ्चक रात मानसपटलमा छचल्किरहेको छ

जसलाई सजायको सिफारिस, फेरि उनै शासनमा

प्रजातन्त्रका पक्षमा हाम्रो त्यो मिसन र उदाउँदो यो पञ्चायती अवतार

जनआन्दोलन २०४६ नभएको भए...

प्रतिक्रिया