भुवन केसीले गरे चलचित्र विकास बोर्ड अध्यक्षको पदभार ग्रहण

काठमाडौँ - नवनियुक्त भुवन केसीले बुधबार चलचित्र विकास बोर्ड अध्यक्षको रुपमा पदभार ग्रहण गरेका छन् । सोमबारको मन्त्रिपरिषद् निर्णयबाट चलचित्र विकास बोर्ड अध्यक्षमा मनोनयन भएका केसीले पदभार ग्रहण गर्दै आफूले बाहिर रहँदा उठाएका चलचित्रकर्मीका मुद्दालाई सम्बोधन गर्ने बताएका थिए । उनले यसका लागि चलचित्रकर्मीसँग बृहत् छलफल गर्ने र सोहीअनुसार अगाडि बढ्ने बताएका छन् ।
विकास बोर्डमा उनलाई सदस्य सचिव टंक महतसँगै बोर्डका कर्मचारीले स्वागत गरेका थिए । २०४० सालमा प्रदर्शित ‘जुनी’बाट अभिनय प्रवेश गरेका भुवन केसी त्यसअघि रेडियो नेपालको गायकको रुपमा परिचित थिए ।
उनले सय बढी सिनेमामा अभिनय गर्नुका अलावा दर्जन हाराहारी चलचित्र निर्माण गरेका छन् । चुनौतीका चाङबीच चलचित्रकर्मीको सर्वोच्च संस्था विकास बोर्डको अध्यक्ष बनेका भुवन केसीबाट चलचित्रकर्मीले क्रान्तिकारी कामको अपेक्षा गरेका छन् । तर विवादास्पद छविका कारण उनले अपेक्षाअनुसार काम गर्न नसक्ने मत पनि उत्तिकै प्रबल छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया