मोरङमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एक जनाको मृत्यु

मोरङ - मोरङको बेलबारी नगरपालिका–८ मतुवामा ट्रकमा कार ठोक्किँदा कारमा सवार एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा कार चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा कारमा सवार झापाको दमक नगरपालिका–४ का १४ वर्षीय राजु बराइली रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार चालक बेलबारी नगरपालिका–१ का २२ वर्षीय सन्दिप लामिछानेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रोकिराखेको को १ ख ८००४ नम्बरको ट्रकमा बा ११ च २४५८ नम्बरको कार आज बिहान ७ बजे ठोक्किएको थियो । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया