मधेशमा श्रोत नखुलेको अढाई करोडभन्दा बढी रकम बरामद
आर्थिक वर्ष २०७८/७९

जनकपुरधाम- प्रहरीले मधेस प्रदेशका विभिन्न जिल्लाबाट गत आर्थिक वर्ष २०७८/७९ मा स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित अढाई करोडभन्दा बढी रकम बरामद गरेको छ ।
प्रदेशको आठवटै जिल्लाको विभिन्न स्थानबाट प्रदेश प्रहरी कार्यालय जनकपुरधामले स्रोत नखुलेको नेपाली २ करोड १८ लाख ६५ हजार ८२० र भारतीय रुपैयाँ २२ लाख ३९ हजार ८ सय बरामद गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयले गत आ.व. को सार्वजनिक गरेको प्रतिवेदन अनुसार एक वर्षमा विभिन्न १४ वटा अवैध वित्तीय कारोवार हुण्डीबाट र विभिन्न स्थानमा चेकजाँचको क्रममा पक्राउ परेका व्यक्तिहरुबाट कूल २ करोड ५४ लाख ४९ हजार ५ सय रुपैयाँ बरामद गरिएको जनाइएको छ ।
बारामा १ र पर्सामा १३ गरी कूल १४ वटा अवैध वित्तीय कारोवार हुण्डीको घटनामा संलग्न रहेको भन्दै २३ जनामाथि मुद्दासमेत दर्ता गरिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिएका छन् ।
४७ करोड बढीको सामान बरामद
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भन्सार छलि गरी चोरी निकासी गरेका ४७ करोड २२ लाख ६७ हजार १९८ मूल्य बराबरका विभिन्न समानाहरु बरामद समेत गरिएको छ ।
प्रवक्ता कार्कीले दिएको जानकारी अनुसार ६ करोड १७ लाख ८४ हजार ८८२ को किराना सामग्री, १ करोड २० लाख १२ हजार ५६९ को विद्युतीय सामग्री, १८ करोड ९८ लाख १९ हजार ६१७ रुपैयाँ बराबरको सवारी साधन र पार्टपुर्जा तथा १९ करोड ६९ लाख ६३ हजार ३८१ रुपैयाँ बराबरको लत्ताकपडा, फेन्सीसहितका अन्य सामानहरु बरामद गरिएको छ ।
प्रदेश प्रहरीले गत आ.व.मा १९ लाख ५९ हजार ८३८ रुपैयाँ बराबरको २८६ ग्राम ७९४ मिलिग्राम सुन र ९५ लाख ९ हजार ७१६ रुपैयाँ बराबरको १०५ किलो ७५३ ग्राम ३०७ मिलिग्राम चाँदी समेत बरामद गरेको छ ।
प्रहरीले भन्सार चोरी निकासीका घटनामा संलग्न रहेको भन्दै गत वर्ष २४६ जनालाई पक्राउ समेत गरेको जनाइएको छ ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया