टिकटक बनाउँदा कुपिण्डे दहमा बेपत्ता भएका युवककाे शव भेटियाे

सुर्खेत- टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे दहमा बेपत्ता भएका युवक आज मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानको प्रहरीले ती युवकलाई दहभित्र मृत फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका-६ का ३७ वर्षीय बेदबहादुर बस्नेत हिजो (मंगलबार) दिउँसो बेपत्ता भएका थिए । ती युवक आफ्ना साथीहरुको साथमा टिकटक बनाउँदा गहिरोतिर चिप्लिँदा निस्कन नसकेपछि उनका साथीहरुले प्रहरीलाई खवर गरेका थिए ।
प्रहरी प्रमुख सुमित खड्काका अनुसार मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए । बस्नेतको खोजीकार्यका लागि हिजोदेखि नै प्रहरी परिचालन गरिएको खड्काले बताए । ‘प्रहरीको टोलीले खोजीकार्य जारी राखेको थियो, ताल धेरै गहिरो भएकाले पनि खोज्न समस्या भइरहेको थियो,’ खड्काले भने, ‘हामीसँग खोज्नका लागि त्यही प्रकारका साधन तथा उपकरण नहुँदा पनि समस्या भएको हो ।’
मृतक युवकलाई पोष्टमार्टमका लागि सल्यान सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया