‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुल्ला

काठमाडौंँ- ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक सञ्चालनसंँगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल आफ सोसल इन्टरप्रेनरशीप इण्डियाको प्राविधिक सहयोगमा संचालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ ।
कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सुचना प्रविधि लगायतका क्षेत्रमा नवीनतम सोच भएका १८ देखि ५० वर्ष पुगेका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । सामाजिक उद्यमशीलतालाई प्रबद्र्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिनासम्म चल्नेछ । साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ । तालिम अवधि भर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरुलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ ।
आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि शुरु गरिएको यस फेलोसिप कार्यक्रमको पहिलो ब्याचमा २० जनालाई छनौट गरिएको थियो । विभिन्न पृष्ठभूमिबाट आएका सहभागीहरुले सामाजिक उद्यम सञ्चालनका निम्ति आवश्यक कानूनी तथा कर सम्बन्धीका ज्ञान, व्यवसायको ब्राण्डिङ्ग, बजारीकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए । विभिन्न अन्तरक्रिया कार्यक्रम तथा प्रक्रियाहरूद्वारा सहभागीहरुलाई प्राविधिक तथा व्यवहारिक ज्ञान उपलब्ध गराइएको थियो । आवेदनको अन्तिम दिन बैंकले भदौ २० रहेको बैंकले जनाएको छ ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_mLUdsvgbGM_cmf8psktdve55iarbgwx1ia7pmr72uhjwcmerz1x6ppi81gtddwvljlawrdz.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया