लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने

बुटवल- लुम्बिनीमा आगामी मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ । बुधबार बसेको लुम्बिनी विकास कोषको परिषद् बैठकले कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरुको आवागमन कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा नयाँ उभार ल्याउनका लागि मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेको हो ।
कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्नेदेखि लुम्बिनीको विकासका निम्ति विभिन्न काम गर्ने निर्णय गरेको छ । बैठकले बौद्ध सम्मेलनका लागि कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा तयारी गर्ने निर्णय पनि गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रेष्ठले लुम्बिनीसँग जोडिएका क्षेत्रको विकासमा बिशेष ध्यान दिने बताए । उनले रामग्राम र देवदहको गुरुयोजना बनाएर विकास गर्ने र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने बताए ।
कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रको विकास गर्ने गरी सरकारले २०२३ देखि २०३३ लाई भ्रमण दशक तोकेर अगाडि बढ्ने तयारीमा सरकार रहेको समेत मन्त्री श्रेष्ठले बताए । लुम्बिनी विश्वकै पर्यटकको रोजाईमा रहेको क्षेत्र भएकाले बुद्ध सर्किटसँग जोडेर यसको विकास गर्ने गरी मन्त्रालयले काम गर्ने समेत प्रतिबद्धता जनाए ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई थप व्यवस्थित रुपमा सुचारु गर्ने जिकिर गरे । उनले विमानस्थलबाट लुम्बिनीमा बढीभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको उल्लेख गरे । लुम्बिनी परिषद् बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम पेस गरिएको छ । नीति कार्यक्रममा लुम्बिनीको विकासका योजनाहरु अघि सारिएको छ ।
त्यस्तै परिषद्ले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्नका लागि आवश्यक रणनीति, दस्तावेज तयार गर्ने, ग्लोबल बुद्धिस्ट फोरम गठन जस्ता एजेन्डामाथि छलफल भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । श्रेष्ठ मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका हुन् । मंगलबार साँझ लुम्बिनी पुगेका मन्त्री श्रेष्ठले लुम्बिनीको मायादेवी मन्दिर, रामग्राम र देवदहको भ्रमण गरेका छन् ।
देवदहमा गोल्डेन टेम्पल उद्घाटन
लुम्बिनी विकास कोषले गौतम बुद्धको मावली गाउँ देवदहमा निर्माण गरिएको गोल्डेन टेम्पल र फोटो म्युजियमको उद्घाटन गरिएको छ । बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गोल्डेन टेम्पल र फोटो म्युजियमको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बुद्धसँग सम्बन्धित क्षेत्रको विकास अबको प्रमुख प्राथमिकता रहेको बताए ।
उनले लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित क्षेत्रहरुको विकास गर्न जरुरी रहेको बताए । उद्घाटन समारोहमा देवदह नगरपालिका कार्यवाहक नगरप्रमुख विद्यालक्ष्मी गुरुङ, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), देवदह वडा न. ४ का वडाअध्यक्ष दमननाथ रेग्मी लगायतले बोल्दै अब देवदहको विकासमा बिशेष जोड दिने बताए ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_1ZjrSYUDmO_3nobrg1tpakpnlysdaeyuugt6cbvv5poizu8fhtm6mcrdefhfugl6qkxewmr.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया