जङ्गली च्याउ खाँदा ११ बिरामी

रसुवा- जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन् । जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा. निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ ।
उपचारका लागि बुधबार अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवामा रहेको तर उहाँहरूले यहाँ के काम गर्नेबारे थाहा नभएको फोजुले बताए । तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउलगायत कुनै पनि चीज नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन् । रासस

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया