रोमानियामा ‘वर’ विकेकसँग रोमान्टिक आँचल

काठमाडौँ - नायिका आँचल शर्मा विगत केही हप्तादेखि रोमानियामा छिन् । रोमानियामा चलचित्र ‘वर एन्ड वधु’को छायांकनका लागि रहेकी आँचल त्यहाँको राष्ट्रिय टेलिभिजनमा समेत चर्चामा छिन् । टेलिभिजनमा चलचित्रको छायांकनको रिपोर्ट प्रसारण गरिएको थियो । साथै, चलचित्रको टिमसँगै आँचलले रोमानिया टीभीमा अन्तर्वार्तासमेत दिएकी थिइन् ।
यसैबीच, चलचित्रको रोमानिया छायांकन सकिने केही दिन मात्र बाँकी रहेको समयमा निर्माणपक्षले केही तस्बिर सार्वजनिक गरेको छ । जहाँ, आँचल र नव–नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् ।
चलचित्रका निर्देशक मिलन चाम्सले ३ दिनमा रोमानिया छायांकन सकिने र बाँकी छायांकन नेपालमा गरिने बताए ।रोमान्टिक कमेडी कथामा निर्माण भैरहेको चलचित्रलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको हो । चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् ।
रोमानियामा चलचित्रको छायांकन उत्कृष्ट तरिकाले गरिएको र दर्शकले फरक स्वादको कथा हेर्न पाउने दाबी निर्देशक चाम्सले गरे । सुदिप बरालको छायांकन रहेको चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया