आफ्नो जीवनीमा आफैँ फिल्म निर्माण र निर्देशन गर्दै मडोना

लसएन्जल्स- पप गायिका मडोनाले आफ्नै जीवन कथामा बन्ने फिल्मको निर्देशन गर्ने भएकी छिन् । सांगीतिक श्रेणीको फिल्मको हाल धमाधम पटकथा लेखनको काम चलिरहेको छ । यसका लागि मडोना आफैँ पनि खटिइरहेकी छिन् । मडोनाले यो फिल्म इरिन क्रेसिडा विल्सनसँग मिलेर लेखिरहेकी छिन् ।
‘लेख्दा लेख्दै स्क्रिप्ट एकदमै लामो भएको थियो । अहिले छोटो बनाउन गाह्रो भइरहेको छ,’ भेराइटीसँगको कुराकानीमा मडोनाले भनेकी छिन् । फिल्ममा मडोनाको भूमिका जुलिया गार्नरले निर्वाह गर्ने चर्चा छ र मडोनाको साथीको भूमिका डेबी मजारले गर्दैछिन् । मडोनाले थपेकी छिन्, ‘मेरो जीवन असाधारण थियो र फिल्म पनि त्यस्तै हुनुपर्छ । अर्को कुरा, मैले मेरो जीवनीमा फिल्म बनाउन चाहाने कैयौँलाई रोकेकी छु । खासगरी स्त्रीद्धेषी निर्देशकलाई । त्यसैले म आफैँले यो जिम्मेवारी निर्वाह गर्न लागेकी छु । मेरो कथा अरु कसैले भन्दैन, म आफैँ भन्छु ।’
अहिलेसम्म नाम जुराइ नसकेको फिल्मले मडोनाको व्यक्तिगत जीवनसँगै सांगीतिक यात्राका क्षणलाई कैद गर्ने तयारी छ । फिल्म सन् २०२३को मध्यबाट सुटिङमा जाने तयारी छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया