‘आलु जस्तो लव’को ट्रेलर सार्वजनिक

काठमाडौँ- युवा पुस्तालाई लक्षित गरि तयार पारिएको ‘आलु जस्तो लव’को अफिसियल टे«लर सार्वजनिक गरिएको छ । बिहीबार बानेश्वर थापागाँउमा एक कार्यक्रम बीच टे«लर सार्वजनिक गरिएको हो । टे«लर सार्वजनिक कार्यक्रममा बोल्दै लेखक निर्देशन देव प्रसाद धिमालले आफनो मेहेनतलाई दर्शकले स्वीकार्ने विश्वास व्यक्त गरेका थिए ।
‘सिरिजमा सबै कलाकार युवा र नयाँ छन ,कथावस्तु पनि अहिलेको युवाहरुको प्रेममा आउने आरोह अवरोहको विषयमा छ त्यो हुदा युवापुस्ताले मन पराउने बिश्वास लिएको छु । यो मेरो लागि चुनौती र अवसर दुवै हो,’ उनले भने ।
उनले सिरिजलाई टेलिभिजनमा प्रसारणका लागि कुराकानी भइरहेको र चाँडै टुंगो लाग्ने बताएका थिए । सिरिजको मुख्य भूमिकामा दिवस नाथ, प्रियंका श्रेष्ठ ,प्रियन्सी श्रेष्ठ ,सोनियो रन्जित ,पुनम परियार ,सुमन थोप्रा लिम्बू ,भिमसेन खतिवडा ,राजकुमार शाह,विजय राज भुर्तेल,राजिव धिमाल कृष्णप्रसाद धिताल ,सविना गहतराज रोजिना गौतम अर्जुन थापा लगायतको अभिनय रहेको छ ।
विजयराज फिल्मसको सहकार्यमा निर्माण गरिएको सिरिजको छायांकन नवराज घिमिरे र प्रवेश राईले गरेका छन् भने विजय राज भुर्तेल सम्पादनक रहेको सिरिजमा मन्जु कुमारी फुयाँल र अनिता सुवेदी धिमालको लगानी रहेको रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया