समन्वयबाट सहरी व्यवस्थापनमा नतिजा ल्याउन चाहेका छौँ : प्रमुख बालेन्द्र शाह

काठमाडौँ - काठमाडौँको पशुपति क्षेत्रमा खाँदबारीबाट ल्याइएका रुद्राक्षका बिरुवा रोपिएका छन् । आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), खाँदबारी नगरका प्रमुख महेश थपलियाले संयुक्त रुपमा बिरुवा रोपेका हुन् । बर्खायाममा निरन्तर बिरुवा रोप्ने गरी आज सांकेतिक रुपमा मन्दिरको मुख्य प्रवेशद्वारको अगाडि पश्चिम उत्तरतर्फ बिरुवा रोपिएका हुन् ।
बिरुवा रोप्ने कामको थालनीपछिको संक्षिप्त प्रतिक्रियामा मन्त्री श्रेष्ठले, पशुपति क्षेत्रको गरिमा बढाउन धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व भएका वनस्पति रोप्न कामलाई निरन्तरता दिइने बताए । यसैगरी महानगरका प्रमुख शाहले, समन्वयबाट सहरी व्यवस्थापन र विकासलाई दिगो बनाउने चाहना रहेको उल्लेख गरे।
काठमाडौँ महानगरका प्रमुखलाई भेटेपछि पशुपति क्षेत्रमा रुद्राक्षका बिरुवा रोप्ने योजना बनेको हो । त्यस क्रममा खाँदबारी नगरका प्रमुख थपलियाको भनाइ थियो ।
पशुपति क्षेत्रमा रोप्नका लागि खाँदबारी नगरपालिकाले ३ सय ५० वटा बिरुवा पठाइसकेको छ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया