दार्चुलामा सशस्त्र प्रहरीले गर्छन् बिरामीको उपचार
दार्चुला : दार्चुलाको व्यासको छाङ्ग्रुमा स्वास्थ्यचौकी भएपनि बाह्रैमास स्वास्थ्यकर्मी र औषधि हुँदैनन् । गत कात्तिकमा सौका समुदायको कुञ्चासँगै स्वास्थ्यकर्मी खलङ्गा झरेका छन् तर यसपटक सरकारले बाह्रैमास सशस्त्र प्रहरीको गुल्म र नेपाल प्रहरी छाङ्ग्रुमै राख्यो ।
“यद्यपि सामान्य बिरामी हुँदा पनि औषधोपचार गराउन स्वास्थ्यचौकी छैन”, प्रहरी नायब उपरीक्षक शाह भन्छन्, “यसपटक पाँच जना स्थानीयवासी पनि यही गाउँमा बसे । यस क्षेत्रमा पाँच÷छ फिट हिउँ पर्छ । चिसो बेला आगो तापेर भए पनि ड्युटी गर्नुपर्यो । चिसोले झन् बिरामी हुने सम्भावना हुन्छ ।” राज्यले सशस्त्र प्रहरीका लागि राम्रो अस्पताल बनाउन सकेको छैन ।
सशस्त्र प्रहरीले सुरक्षाकर्मीको जाँचका लागि गाउँमै चिकित्सक ल्याएर शिविर आयोजना गर्यो । जवानका लागि आयोजना गरिएको शिविरमा स्थानीयवासीलाई समेत स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको शाहले बताए ।
गाउँमा स्वास्थ्य संस्था प्रमुख नहुँदा सशस्त्र प्रहरीकै अहेवले औषधि दिने तथा बिरामी हेर्ने काम गर्छन् । सशस्त्र प्रहरी जवान अहेव किसनसिंह साउदले गाउँले बिरामी हुँदा औषधोपचार गर्ने गरेको प्रहरी नायब उपरीक्षक शाह बताउँछन् । “हामीले केही प्राथमिक उपचारका औषधि मात्रै बोकेका छौँ । त्यहीबाट स्थानीयवासीलाई समेत वितरण गर्नुपर्छ ।” रासस

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया