शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

भोलिदेखि  जापानमा नेपाल फेस्टिवल हुँदै

जापान- जापानमा नेपाली संस्कृति खानाबारेमा चिनाउने उदेश्यले राजधानी टोकियोमा नेपाल फेस्टिवलको आयोजना हुने भएको छ । जुलाई ३० र ३१ तारिक आयोजना हुने १२ औँ नेपाल फेस्टिवल २०२२ को अन्तिम तयारी सकिएको आयोजक गैरआवसिय नेपाली संघ एनआरएनए जापानले जानकारी दिएको छ ।

टोकियोको नाकानो स्टेशन नजिकैको पार्कमा आयोजना हुने फेस्टिवलमा नेपाली खाना नेपाली पहिरन नेपाली प्रस्तुतीसँगै नेपालको संस्कृतिबारेमा जानकारी दिने स्टलहरू राखिने भएको छ । भोलिदेखि सुरु हुने फेस्टिवलको स्थलमा स्टेच तयारी, फोहोर व्यवस्थापनको तयारीसँगै स्टल र अतिथि सत्कारको तयारीसमेत सकिएको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानाकारी दिएका छन् ।

यो पटक १२ औँ नेपाल फेस्टिवलका रुपमा आयोजना हुन लागेको फेस्टिवलको उदघाटनका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना गर्नेछन् । त्यस्तै अतिथिमा जापानको परराष्ट्र मन्त्रालयका एसिया विदेश विभाग प्रमुख- कानो ताकिहिरो नाकानो, सिटीका मेयर साकाई नाओतोलगायतका अतिथिहरू रहने समेत बताइएको छ ।

जापान र नेपालको लामो समयको सुमधुर सम्बन्ध रहेको जापानमा नेपालीहरूको संख्या बढेसँगै धेरै जापानीहरू नेपाल घुम्‍न जाउन भनेर आयोजना गरिएको फेस्टिवलमा चिनेजानेको जापानीहरूलाई लिएर आउनसमेत एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले अनुरोध गरेका छन् । यो पटक  फेस्टिवलमा नेपाली घरलाई विशेष आकर्षकका रुपमा बनाइएको छ ।