साउन २० मा तेस्रो पटक ‘चपली हाइट ३’

काठमाडौँ - पहिला नै दुई पटक प्रदर्शन भइसकेको फिल्म ‘चपली हाइट ३’ तेस्रो पटक प्रदर्शन हुने भएको छ । निर्माता अर्जुनकुमारले पोस्टर जारी गर्दै फिल्म तेस्रो पटक हलमा प्रदर्शन हुन लागेको जानकारी गराएका हुन् ।
पहिलो महामारीअघि नै बनेर नयाँ वर्षलाई प्रदर्शन मिति तोकेको फिल्म महामारीका कारण रोकिएको थियो । पहिलो लकडाउन पछि हल खुलेको समयमा रिलिज भएको फिल्म पुस ३० मा पहिलोपल्ट प्रर्दशनमा आएको थियो । तर दुई तीन दिनमै सरकारले हल बन्द गर्ने निर्णय गरेपछि फिल्मको प्रदर्शन हप्ता दिन पनि चल्न सकेको थिएन ।
निर्माता अर्जुनकुमारले फागुन १ गतेबाट फेरि यो फिल्म हलमा ल्याए । यसबेला दर्शकको साथ नपाएको फिल्म फेरि साउन २० बाट प्रदर्शनमा आउने भएको छ । यही मितिमा थप दुई नेपाली फिल्म पनि प्रदर्शनमा आउँदैछन् । सुवर्ण थापा निर्देशित ‘म’ र ‘आँधी तुफान २’ । यो मितिमा कुनै हिन्दी फिल्म नआएकाले पनि निर्माताले यो मिति रोजेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया